तीन तारा तीनतिर… म्युजिक भिडियोमा कबर्डी प्रतिस्पर्धा (भिडियोसहित)

नेपालभ्युज

तीन तारा तीनतिर… म्युजिक भिडियोमा कबर्डी प्रतिस्पर्धा (भिडियोसहित)

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक रोम नाम्जालीको तीन तारा तीनतिर… गीतले रिलिजको १२ दिनमा ८ लाख बढी भ्यूअर्स पाएको छ ।

रोल्याक्स इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट गत मार्च २९ मा रिलिज भएको उक्त गीतले ८ लाख १९ हजार भ्यूअर्स पाएको हो । हास्य कलाकार बुद्धि तामाङ र रजनी गुरुङलाई फिचर गरिएको गीतको म्युजिक भिडियोमा नेपालका गाउँमा चर्चित कबर्डी खेलमा हुने प्रतिस्पर्धालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

संगीतकार राई केही वर्षयता अमेरिका बस्दै आएका छन् । अमेरिकामा नै बस्ने गायक रोमले उतै स्वर भरेका हुन् भने गायिका अस्मिताले नेपालबाटै आवाज दिएकी हुन् ।

गीतमा संगीत भुवन सुप्तिहाङ राई र शब्द आनन्द अधिकारीको रहेको छ । महाराज थापाको संगीत संयोजन रहेको तीन तारा तीनतिर… गीत ह्वी आर स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । गीतमा उत्तम हुमागाईंको छायांकनमा राजकिङ वाइवाको कोरियोग्राफी रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved