सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते (बिहीबार) विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन् ।

लगतै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

अहिले प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी क्रेन्द्रका सभामुखसहित ११, नेकप एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४ साथै स्वतन्त्र र राप्रपाका १/१ जना संसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved