वीरगञ्‍जबाट तीन चिनियाँ नागरिक पक्राउ

नेपालभ्युज

वीरगञ्‍जबाट तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा तीन जना चिनियाँ नागरिक वीरगञ्जबाट पक्राउ परेका छन् ।

पर्सा प्रहरीले चीनको हुनान प्रान्तका ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र ३६ वर्षीय सियाङ जियाओलाई वीरगञ्जका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (एसपी) कुमार विक्रम थापाका अनुसार, उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्री पनि बरामद गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved