कर्णाली नदीमा बेपत्ता शाही चार दिनपछि मृत भेटिए

नेपालभ्युज

कर्णाली नदीमा बेपत्ता शाही चार दिनपछि मृत भेटिए

काठमाडौं । कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा भेटिएका छन् ।

कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी गर्दा बिहीबार टिकापुरस्थित सन्कट्टी घाटमा शाही मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।

उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो ।

एक्लो छोरा लोकेन्द्र, जो श्रीमती, लालाबाला र परिवार बिर्सिएर लहडमा कर्णालीमा फालहाले ! (भिडिओ)

खोजी गर्न बुधबारदेखि रानीजमरा सिचाइँ योजनाको नहर नै बन्द गरिएको थियो ।

सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए ।

हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।

पुलबाट कर्णालीमा हाम फाल्ने सबैजनाले शरीरको माथिल्लो भागको लुगा फुकालेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजे पनि सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानी बजारबाट पुलतर्फ निस्किएका थिए ।

कर्णालीमा हाम फाल्नेहरु १७ देखि ४० वर्षसम्मका हुन् । उनीहरु होली खेल्दै चिसापानी बजार पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved