इलाममा ३५ वर्षमुनिका उम्मेदवार मैदानमा देखिएपछि पुरानै उम्मेदवार दोहोर्‍याउने कांग्रेसको तयारी

नेपालभ्युज

इलाममा ३५ वर्षमुनिका उम्मेदवार मैदानमा देखिएपछि पुरानै उम्मेदवार दोहोर्‍याउने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले इलाम–२ (Ilam)को उपचुनावमा पुरानै उम्मेदवार दोहोर्‍याउने मनस्थिती बनाएको छ ।

चर्चामा रहेका   प्रतिस्पर्धी उम्मेद्वारलाई पराजित गर्न यसअघिका उम्मेदवार डम्बर खड्का नै उपयुक्त हुने कांग्रेसको बुझाई छ ।

खड्का यसअघि निर्वाचनमा ११४ मतले एमाले उम्मेद्वार स्वर्गिय सुवास नेम्वाङ्सँग पराजित भएका थिए ।

नेकपा एमालेले नेम्वाङका छोरा सुहाङ (Suhang Nembang) लाई उम्मेदवार बनाएको छ भने स्वतन्त्र उम्मेद्वार मिलन लिम्बूलाई रास्वपाले आफ्नो उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिस्पर्धी उम्मेदवार र जिल्लाको वस्तुस्थितिका आधारमा खड्कालाई  दोहोर्‍याउनु उपयुक्त देखिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । विश्वकर्माले शुक्रबारसम्ममा पार्टीको संसदीय बोर्डको बैठकले नाम टुंगो लगाउने बताए ।

कांग्रेस कोसी प्रदेश कार्यसमितिले उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रीय कार्यसमितिमा पठाएको छ ।

एमालेका नेम्वाङ ३५ वर्षीय हुन् भने अर्का उम्मेदवार लिम्बू ३२ वर्षीय हुन् । चर्चामा रहेका दुवै उम्मेदवार ३५ वर्ष मुनिका भएपछि कांग्रेसले पनि प्रस्तावित ७ उम्मेदवारमध्ये ५० वर्षीय खड्कालाई अघि सार्नेे गरी पार्टी भित्र छलफल तीब्र पारिएको छ ।

उम्मेदवारका लागि जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भएका भेषराज आचार्य र पुर्व सांसद केशव थापालाई पछि पार्दै तेस्रो नम्बरमा परेका खड्काले टिकट पाउने निश्चित भएको कांग्रेस उच्च स्रोतले जनाएको छ ।

टिकटकै लागि खड्का पनि अहिले काठमाडौँमै छन् ।

२०७९ सालको मंसिर चुनावमा नेकपा एमालेका सुवास नेम्वाङसँग उनी जम्मा ११४ मतले पराजित भएका थिए । संस्थापन पक्षका खड्का इलाम जिल्लाका पार्टी सभापति समेत हुन् ।

#milanlimbu

#UML

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved