मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार, एमालेबाट बने तीन मन्त्री

नेपालभ्युज

मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार, एमालेबाट बने तीन मन्त्री

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

शनिबार मुख्यमन्त्री यादवले नेकपा एमालेबाट तीन जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

गृह, सञ्चार तथा कानूनमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामा शत्रुधन सिंह र प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका छन् ।

उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ खुवाएकी हुन् । साथै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

यसअघि मधेश सरकारमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधारमन्त्रीका रुपमा शपथ लिइसकेका छन् ।

शनिबार मन्त्रिपरिषद् विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved