मधेस सरकार पुनर्गठनको तयारी, एमालेलाई सरकारमा सहभागी गराउँदै मुख्यमन्त्री

नेपालभ्युज

मधेस सरकार पुनर्गठनको तयारी, एमालेलाई सरकारमा सहभागी गराउँदै मुख्यमन्त्री

काठमाडौं । मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी हुने भएको छ ।

एमाले प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादव भौतिक पूर्वाधार तथा विकास मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेका हुन् ।

यादवले आजै शपथ लिने तयारी भइरहेको एक नेताले जानकारी दिए ।

अहिले नेपाली कांग्रेसका दलका कृष्ण प्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

उनलाई बर्खास्त गरेर मुख्यमन्त्री सरोज कुमार यादवले एमालेलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved