राष्ट्रिय सभाका दुई समितिका सभापति आज निर्विरोध निर्वाचित हुँदै

नेपालभ्युज

राष्ट्रिय सभाका दुई समितिका सभापति आज निर्विरोध निर्वाचित हुँदै

काठमाडौं । राष्ट्रिय सभाका दुई वटा विषयगत समितिले आज सभापति पाउदैछन् । समिति सभापतिका लागि आज निर्वाचन हुँदैछ । दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति चयन गरिन लागेको हो ।

दुवै समितिको सभापतिका लागि यसअघि नै एक एक जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । दुवै समितिका सभापति निर्विरोध निर्वाचित हुने निश्चित छ । सभापति चुन्न दुवै समितिले बैठक बोलाएका छन् ।

सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्ने दिगो विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले सभापति चुन्नेछ । त्यस्तै, सोही समयमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले पनि सभापति चुन्ने गरी बैठक बोलाएको छ ।

सभापतिहरु चुनिए लगत्तै शपथग्रहणको कार्यक्रम राखिएको छ ।

दिगो विकास तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसकी कमला पन्तले उम्मेदवारी दर्ता गरेकी छन् भने राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पनि नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved