सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

नेपालभ्युज

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु
प्रतिकात्मक तस्वीर।

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–१४ बस्ने वर्ष ३६ का धनराज सलामी रहेका छन् ।

घर नजिकै छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिवार बिहान ९ः३० बजेको समयमा करेन्ट लागेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि मेहलकुना अस्पताल पुर्‍याएकोमा अस्पतालले मृत्य घोषणा गरेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved