दशरथ रंगशालामा खेलबाहेकका गतिविधि नगर्न खेलकुद मन्त्रालयको निर्देशन

नेपालभ्युज

दशरथ रंगशालामा खेलबाहेकका गतिविधि नगर्न खेलकुद मन्त्रालयको निर्देशन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगाशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले रंगशालाको मर्मत नहुँदासम्म र रंगशाला सञ्चालनसम्बन्धी मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको हो ।

साथै, रंगशालाको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ ।

दशरथ रंगशालाको मैदान अयोग्य हुँदा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल हुन सकेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved