सभामुखले बोलाएको शीर्ष नेताहरूको बैठक सिंहदरबारमा जारी

नेपालभ्युज

सभामुखले बोलाएको शीर्ष नेताहरूको बैठक सिंहदरबारमा जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

सिंहदरबारमा जारी बैठकमा संसदको बजेट अधिवेशनलाई विना अवरोध सञ्चालन गर्नेलगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरू सहभागी छन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानविन गर्न संसदीय छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक अवरोध गर्दै आएको छ ।

कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले आगामी अधिवेशन सुरू हुनुअघि छलफलका लागि बैठक बोलाएका हुन् ।

संसदको बजेट अधिवेशन यही वैशाख २८ गतेदेखि सुरू हुँदैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved