यूरोको मूल्य बढ्दा डलर स्थिर 

नेपालभ्युज

यूरोको मूल्य बढ्दा डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरोको मूल्य केही बढेको छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ २५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved