प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने उपप्रमुखसहित तीन जनप्रतिनिधि प्रहरी नियन्त्रणमा

नेपालभ्युज

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने उपप्रमुखसहित तीन जनप्रतिनिधि प्रहरी नियन्त्रणमा

काठमाडौं । डडेलधुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उप्रमुख सहित दुई वडाध्यक्ष पक्राउ परेका छन् ।

विहीबार कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि हातपात गरेका थिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक दीपक कार्कीले बताए । जोशीको टाउकोमा तीन वटा टाका लागेको छ । घटनापछि स्थानीय कर्मचारी आन्दोलित भएका छन् ।

उनीहरूले विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन् । माओवादी केन्द्रबाट विजयी कार्यपालिका सदस्यहरुले पहिलेदेखिनै शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

हिजोको बैठकमा पनि उनीहरुले सोही माग राखेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए ।

सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved