राखेपले सोध्यो एन्फालाई स्पष्टीकरण, २४ घण्टा भित्र जवाफ पेश गर्नुपर्ने

नेपालभ्युज

राखेपले सोध्यो एन्फालाई स्पष्टीकरण, २४ घण्टा भित्र जवाफ पेश गर्नुपर्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ(एन्फा)लाई स्पष्टीकरण सोधेको छ । राखेपले बिहीबार एन्फालाई पत्र लेख्दै विश्वकप छनोट खेल्न जाने टिमले राखेपबाट स्वीकृत लिन नपर्नुको कारण केहो भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

छनौट प्रतियोगितामा भूमिका नभएका अन्य १० जना व्यक्ति किन भ्रमण टोलीमा सहभागी गराएको भन्दै स्ष्टीकरण सोधेको छ । राखेपले पत्र प्राप्त भएको २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ परिषदमा पेश गर्न भनेको छ ।

खेलकुद ऐन अनुसार अनावश्यक व्यक्तिलाई विदेश पठाएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई कारबाही गर्न राखेपलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार राखेपले एन्फालाई स्पष्टीकरण सोधेको हो ।

बहराईनमा आयोजना हुने फिफा विश्वकप २०२६ फुटबल छनौट प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन नेपाली टोली मलेशिया प्रस्थान गरेको थियो ।

राष्ट्रिय टीमसँग मलेसिया गएको नेपाली टोलीमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर मलेसिया गएका छन् ।

विश्वकप फुटबलको तयारी स्वरुप नेपाली फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

हेर्नुहोस् स्पष्टीकरण पत्र


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved