धनुषाधामको वनमा लागेको आगो नियन्त्रण

धनुषाधामको वनमा लागेको आगो नियन्त्रण

धनुषा ।  धनुषाधाम स्थित रहेको संरक्षित वनमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार दिउँसो लागेको आगो साँझतिर नियन्त्रणमा लिइएको हो ।

आगो नियन्त्रण गर्न धनुषाधाम नगरपालिका, जनकपुरधाम उपमहागनरपालिका, गणेशमान चारनाथ नगरपालिका र मधेस प्रदेश प्रहरीको वारुण यन्त्रको प्रयोग गरिएको थियो ।

आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली स्थानीय युवा, जनप्रतिनिधि र वन परिषद डिभिजन वन कार्यालय धनुषाले सहयोग गरेका थिए ।

३६५ हेक्टरमा रहेको धनुषाधाम संरक्षित वनमध्ये १५ हेक्टर वन पूर्ण रुपले आगलागीबाट नष्ट भएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved