कार्यपालिका बैठकमै कुटिए परशुरामका प्रमुख प्रशासकीय अधिकृत जोशी, टाउकोमा तीन टाँका

नेपालभ्युज

कार्यपालिका बैठकमै कुटिए परशुरामका प्रमुख प्रशासकीय अधिकृत जोशी, टाउकोमा तीन टाँका

धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै सांघातिक आक्रमण भएको छ ।

कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत जोशीको टाउकोमा गम्भीर चोट लागेको छ । जोगबुढा अस्पतालमा उपचाररत उनको टाउकोमा तीनवटा टाँका लगाइएको अस्पतालले जनाएको छ ।

बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बोलाइएको बैठकमा जोशीमाथि सांघातिक आक्रमण भएको थियो ।

आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए । जोशी यसअघि सोही नगरपालिकाको योजना अधिकृत थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved