सुर्खेतमा एक युवकको हत्या, घाँटी रेटिएको अवस्थामा भेटियो शव

सुर्खेतमा एक युवकको हत्या, घाँटी रेटिएको अवस्थामा भेटियो शव

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको हत्या भएको छ । बारा घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित दैलेखी टोलमा बस्ने अन्दाजी ३२ वर्षीय अनिल पटेलको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनको शव घाँटी रेटिएको अवस्थामा फेला परेको हो । उनको घाँटीमा गहिरो चोट लागेको छ भने घटनास्थलमा रगत लागेको चुलेसीसमेत फेला परेको छ ।

‘घटनाका विषयमा हामीलाई स्थानीयले जानकारी गराएका थिए । तत्काल घटनास्थलमा पुगेका थियौँ,’ घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘मृतकको कोठामा रगत लागेको चुलेसी फेला परेको छ । परिवार आएपछि थप प्रक्रिया अघि बढाउँछौँ ।’

हत्या कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाराबाट उनको परिवारले आफुहरु सुर्खेत आउन लागेकोले शव नउठाउन भनेकाले उनी बसेको कोठामा शव शिल गरेको राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved