राष्ट्रिय सभामा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

नेपालभ्युज

राष्ट्रिय सभामा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा उनले सो प्रस्ताव राखेका हुन् । कांग्रेस सांसद शर्माले २०२४ सालदेखि नै नेपालको राजनीतिक गतिविधिमा संलग्न भएकाले उनलाई सो पदमा निर्वाचित गराउन उपयुक्त हुने सांसद ढंगानाको भनाई थियो ।

केहीबेरपछि बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले गठबन्धन दलका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved