राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुँदै

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुँदै

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि आज निर्वाचन हुदैछ । बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा निर्वाचन प्रक्रिया अघि बढाउने संसद् सचिवालयको कार्यतालिका छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्मेदवार प्रतिष्पर्धामा छन् । नयाँ बनेको सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा चुनावी मैदानमा छन् ।

गठबन्धनमा रहेका दलहरूमध्ये माओवादीसँग १६, एमालेसँग १०, एकीकृत समाजवादीसँग ८ र जसपासँग ३ सदस्य छन् । यसअनुसार नारायणको पक्षमा स्पष्ट ३७ सांसद देखिन्छ ।

५८ सदस्यीय राष्ट्रियसभा  ध्यक्ष चुनिन कम्तिमा ३० जना सांसदले समर्थन गर्नुपर्छ । यसरी हेर्दा नारायणको पक्षमा स्पष्ट बहुमत देखिन्छ । यता प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले कता भोट हाल्ने भन्ने खुलाएका छैनन् ।

राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन् । २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेकी थिइन् ।

कांग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।

गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै राष्ट्रिय सभामा नयाँ अध्यक्षका लागि आज निर्वाचन हुन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved