सर्लाहीमा ४ राउण्ड गोलीसहित दुई युवा पक्राउ

नेपालभ्युज

सर्लाहीमा ४ राउण्ड गोलीसहित दुई युवा पक्राउ

काठमाडौं । सर्लाहीको बागमतीबाट ४ राउन्ड गोलीसहित दुई युवा पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटमा आउदै गरेका युवालाई प्रहरीले रोकेर जाँच गर्ने क्रममा ८ एमएम को ४ राउन्ड गोलीसहित उनीहरु पक्राउ परेका हुन् ।

बागमती नगरपालिका– १० बाट उनीहरुलाई गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

पक्राउ परेका बागमती नगरपालिकाका २४ वर्षीय रञ्जित राम र सर्लाही मंलगवाका २१ वर्षीय पोसन महरालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी सोल्टी र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved