उर्वशी रौतेलाले जन्मदिनमा काटिन् २४ क्यारेट सुनको केक

नेपालभ्युज

उर्वशी रौतेलाले जन्मदिनमा काटिन् २४ क्यारेट सुनको केक

एजेन्सी । बलिउड अभिनेत्री उर्वशी रौतेला ३० वर्षकी भएकी छन् । उनले २५ फेब्रुअरीमा जन्मदिन मनाएकी छन् ।

उर्वशीले सामाजिक सञ्जालमा केही फोटो सेयर गरेकी छन् जहाँ उनले जन्मदिनको केक काटिरहेकी छन् । उनीसँग गायक तथा र्‍यापर हनी सिंह पनि देखिएका छन् ।

यी तस्वीरको सबैभन्दा विशेष कुरा केक छ । उनले २४ क्यारेट गोल्ट प्लेटेड केक काटेकी छन् । उनले सुनको केक काटेका तस्वीर अहिले भाइरल भएका छन् ।

तस्वीरमा उनले हनी सिंहलाई केक समेत खुवाएकी छन् । उक्त केक हनी सिंहले नै उपलब्ध गराएको समाचार छ ।

तस्वीर शेयर गर्दै उर्वशीले केक सुनको भएको बताएकी छन् । उनले यो पनि जानकारी गराएकी छन् कि ‘लव डोज २’ को सेटमा जन्मदिन मनाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved