काठमाडौं । गत शनिबारदेखि हराइरहेकी जर्मनी पर्यटकको शब भीरमा अड्किएको अवस्थामा भेटिएको छ ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका- १ मिर्सा भन्ने ठाउँको भीरमा खसेकी २१ वर्षीया पर्यटक पिया जोसको शव सशस्त्र प्रहरी बल नेपालको विपद् उद्धार टिमले निकालेको हो ।
पोखरा फर्कने क्रममा उनी शनिबार साँझ भीरमा खसेर बेपत्ता भएकी थिइन् । उनीसँगै रहेका अर्का एक पर्यटकले आफ्नो जर्मन केटी साथी भीरबाट खसेको जानकारी गराएपछि नं. २४ कालिका गण कास्कीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनको खोजी तथा उद्दार सुरु गरेको थियो ।
खोज तथा उद्धारको क्रममा आइतबार बिहान उनको शव रुखमा अड्किएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
थप अनुसन्धानका लागि अमेरिकन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू सँगै त्यसतर्फ गएका थिए ।
Facebook Comment
Comment