रवि र रास्वपाप्रति हर्कको रुखो टिप्पणी, ‘ठगको झुन्ड’ भन्दै तह लगाउन समर्थकलाई निर्देशन !

उनले रास्वपालाई तह लगाउन आफ्ना समर्थकलाई निर्देशन दिएका छन् । उनले ठगको झुण्ड भन्दै लेखेकाछन्, ‘रास्वपा मलाई यानिकी भूमि पुत्रलाई सिध्याउन आको रे ! अब लडौँ है ! मलाई चाहने सबैले यी ठगको झुण्डलाई तह लगाउन एक जुट भई लडौँ !’

नेपालभ्युज

रवि र रास्वपाप्रति हर्कको रुखो टिप्पणी, ‘ठगको झुन्ड’ भन्दै तह लगाउन समर्थकलाई निर्देशन !

काठमाडौं । फेसबुकमा तारन्तार स्ट्याटस लेखेर चर्चा र विवादमा आइरहने धरान उपमहानगरका मेयर हर्क साम्पाङ पछिल्लोसमय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)विरुद्ध खनिँदै आएका छन् ।

उनले पछिल्लो २४ घण्टामा फेसबुकमा रास्वपाविरुद्ध आधा दर्जन स्ट्याटस पोस्ट गर्दै ‘झुसे बारुलो’को संज्ञा दिएका छन् ।

फेसबुक धेरै चलाएकै कारण पछिल्लोसमय बढी विवादित पनि हुने गरेका साम्पाङले रास्वपालाई भेडाहरूको बथान अर्थात् ‘नयाँ भेडी गोठ’ भन्दै टिप्पणी भनेका छन् ।

पछिल्लो पाँच सातायता रास्वापा र सभापति रवि लामिछानेलक्षित पोष्ट गर्दै आएका उनले शनिबारयता आधा दर्जन बढी पोस्ट गरेका छन् ।

‘नयाँ भेडी गोठमा के हुँदैछ ? नयाँ भेडाहरूले मलाई सिध्याउने रे ?’ उनले लेखेका छन् ।

उनले रास्वपालाई तह लगाउन आफ्ना समर्थकलाई निर्देशन दिएका छन् । उनले ठगको झुण्ड भन्दै लेखेकाछन्, ‘रास्वपा मलाई यानिकी भूमि पुत्रलाई सिध्याउन आको रे ! अब लडौँ है ! मलाई चाहने सबैले यी ठगको झुण्डलाई तह लगाउन एक जुट भई लडौँ !’

उनी यत्तिका रोकिएका छैनन् । ‘झुसे बारुलो’ भनेर रास्वालक्षित पोस्ट गरेका छन् । ‘धरानको विकास र सुशासनको बाधक रास्वपा हो !’ उनले फेरि लेखेका छन् ।

रास्वालाई खेदो खन्न निर्देशन दिएका उनै हर्क फेरि लेख्छन्, ‘नहुने नहुने कुरामा मेरा समर्थकहरूलाई दुःख दिने कृत्य नगर्नु है !’

अझै हर्क यत्तिकैमा रोकिएका छैनन् । सेन्टिमेन्ट बटुल्ने प्रयत्न गर्दै लेख्छन्, ‘मलाई अर्थात् भूमिपूत्रलाई सिध्याउने षड्यन्त्र हुँदैछ रे !’

रास्वापाविरुद्ध हर्क : पार्किङको पैसा लिएर सवारी जिम्मा नलिएको भन्दै विरोध आएपछि आक्रामक

हर्क साम्पाङ तिनै हुन् जसले चुनावमा राजनीतिक दलहरूले आँखा चिम्लिएका नागरिकका समस्या र स्थानीय बेथितिलाई नै मुख्य मुद्दा बनाएका थिए ।

त्यो अभियान चलाउँदै आएका उनले चुनाव जितेपछि देशभरिबाट समर्थन र सहानुभूति पाए । तर, उनलाई आफैँले लेख्ने गरेको स्ट्याटसहरूले विवादमा तानिरहेका छन् ।

पछिल्लोसमय उनले धरान उपमहानगरपालिकाले लगाएको पार्किङ शुल्कको विरोधमा हस्ताक्षर सङ्कलन गर्न थालेपछि रास्वपाविरुद्ध उनी आक्रामक भएका हुन् ।

हर्क साम्पाङ र बहुसंस्कृतिवाद

उनका पछिल्ला अधिकांश स्ट्याटस रास्वपाविरुद्ध छन् । साथै रास्वपाविरुद्ध आएका समाचारसमेत सेयर गरिरहेका छन् ।

ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलहरू निर्धारण नीति तथा कार्यक्रम स्पष्ट नगरी ठेकेदारमार्फत शुल्क सङ्कलन गर्न थालेपछि हर्कको चौतर्फी आलोचना भइरहेको छ ।

सरकारी कार्यालयमा राष्ट्रपतिको फोटो हटाएर ‘राजा’को राख्न मिल्छ ? को हुन् हर्कले राखेका यलम्बर ?

उपमहानगरपालिकाले सामाजिक सञ्जालमा सूचना प्रकाशित गरी कात्तिक २४ गतेदेखि यात्रुवाहक सार्वजनिक सवारी सफारी, ट्याम्पोबाट पार्किङ शुल्क लिन थालेको छ ।

मोरङको प्रिन्स निर्माण सेवालाई यात्रुवाहक सार्वजनिक यातायातका सवारी साधनहरूलाई पार्किङ शुल्क असुलीको ठेक्का दिइएको छ ।

सम्बन्धित समाचार-

मेयर हर्क साम्पाङको अवचेतनमा बसेको ‘जातीय हिंसा’ र अहंकार

महिलाले झारिन् हर्क साङपाङको झाँको, भाग्दै हर्कले भने- ‘पख्, तिमीहरूको घर भत्काइदिन्छु’ (भिडिओ)

फेसबूकको उक्साहटले ‘धर्म विवाद’मा हर्क साम्पाङ

फेरि विवादमा हर्क साम्पाङ, किन गराए निजी जग्गामा जबरजस्ती वृक्षारोपण ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved