महिला प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई हरायो

नेपालभ्युज

महिला प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई हरायो

काठमाडौं। एसीसी महिला प्रिमियर कप टी–२० क्रिकेटमा नेपालले सुखद सुरुवात गरेको छ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा शनिबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो।

९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको हो। नेपालका लागि कप्तान इन्दु बर्माले ४० बनाउँदा सीता राना मगर ३६ रनमा अविजित रहिन्।

दोस्रो विकेटका लागि इन्दु र सीताले ७६ रनको साझेदारी गरे। महिला अन्तर्राष्ट्रिय टी–२० मा नेपालको यो तेस्रो सर्वाधिक साझेदारी पनि हो।

कविता कुँवरले अविजित ४ रन जोड्दा रुबिना क्षेत्री बेलबासे शून्य रनमा अविजित रहिन्। हङकङका लागि इक्रा साहार र चान का मान बेटीले १–१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ९३ रन बनायो। कप्तान चान का यिङ करीले २१ र मर्यम बीबीले १९ रन बनाईन्।

नेपालका लागि पुजा महतो र रुबिना क्षेत्रीले २–२ तथा सीता राना मगर र कविता जोशीले १–१ विकेट लिए।

आईतबार हुने खेलमा भुटान र नेपाल आमने सामने हुनेछन्। प्रतियोगितामा सहभागी भएका १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल हङकङ, माल्दिभ्स र भुटानसँगै समूह डीमा रहेको छ।

फाइनल पुग्ने २ टोलीले एसीसी महिला एसिया कप खेल्ने छन्। सेमिफाइनल पुग्ने ४ टोलीले भने इमर्जिङ एसिया कपमा स्थान पक्का गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved