फागुन १ देखि बन्द हुँदै गोपीकृष्ण सिनेमा हल

नेपालभ्युज

फागुन १ देखि बन्द हुँदै गोपीकृष्ण सिनेमा हल

काठमाडौं । फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी  गराएको हो ।

प्रबन्ध निर्देशक नीरक पौडेलका अनुसार कोरोना कालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको हो ।

२८ वर्षअघि स्थापना भएको यो हलमा शुरुमा १८ सयभन्दा बढी दर्शक क्षमता थियो ।  गत महिना काठमाडौं महानगरले कर तिर्न ताकेता गरेको थियो ।

स्थानीय कर र चलचित्र विकास बोर्डको शुल्कप्रति असन्तुष्टि जनाउँदै चलचित्र संघको आह्वानमा गत सोमबार देशभरका सिनेमा हल बन्द गरिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved