जनताले डेलिभरी पाउन नसकेपछि व्यापक असन्तुष्टि छायो: गगन थापा

नेपालभ्युज

जनताले डेलिभरी पाउन नसकेपछि व्यापक असन्तुष्टि छायो: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनका कारण आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको बताएका छन् ।

मेची-महाकाली संवाद यात्राका क्रममा मंगलबार पश्चिम नवलपरासीमा सम्बोधन गर्दै उनले सरकार बन्दा जुनरुपमा उत्साह देखिए पनि त्यसअनुसारको काम नभएको बताए ।

अपेक्षाअनुसार जनताले डेलिभरी पाउन नसकेपछि आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको महामन्त्री थापाको भनाइ छ ।

थापाले संवाद यात्राका क्रममा आमनागरिकले थुप्रै समस्या उठान गरेकोमा मूलतः भौतिक पूर्वाधारसँग सम्बन्धित साझा खालका राष्ट्रिय समस्या बढी उठान भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved