आगलागीमा परेर मुगुमा दाजुबहिनीको मृत्यु, डाक्टर बोलाएर शवको पहिचान 

नेपालभ्युज

आगलागीमा परेर मुगुमा दाजुबहिनीको मृत्यु, डाक्टर बोलाएर शवको पहिचान 

काठमाडौं । मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलामा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

गएराति १ बजेतिर गाउँका तीनवटा घरमा आगलागी हुँदा स्थानीय लालु सञ्ज्यालका छोरा र छोरीको मृत्यु भएको मुगु प्रहरी कार्यालयले जनाएको छ ।

सञ्जालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो ।

ती दाजुबहिनी घरभित्रै मृत अवस्थामा फेला परेका थिए । घटनापछि चिकित्सक बोलाइएको थियो । शव पहिचान गर्न सकिने अवस्था नभएर डाक्टरलाई नै बोलाएर पहिचान गरिएको थियो ।

गोडेखोला गाउँका स्थानीय लालु सञ्ज्याल, नरदीप सञ्ज्याल र दीपराज सञ्ज्यालको घर पूर्ण रूपमा जलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved