साफ यू–१९ महिला फुटबल: भुटानमाथि नेपालको संघर्षपूर्ण जित

नेपालभ्युज

साफ यू–१९ महिला फुटबल: भुटानमाथि नेपालको संघर्षपूर्ण जित

काठमाडौं। साफ यू–१९ महिला फुटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा आइतबार भएको खेलमा नेपालले भुटानलाई १-० गोलअन्तरले पराजित गरेको हो।

नेपालका लागि सेनु परियारले ५४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

प्रतियोगितामा यो नेपालको पहिलो जित हो । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको थियो।

आफ्नो तेस्रो खेलमा नेपालले माघ २३ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ। चार टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved