जनताबाट शक्ति लिएर जनतालाई दबाउने राजनीति अन्त्य हुनुपर्छ : रवि लामिछाने

नेपालभ्युज

जनताबाट शक्ति लिएर जनतालाई दबाउने राजनीति अन्त्य हुनुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई दु:ख दिएर नभई नेताले दु:ख गरेर परिवर्तन गर्नुपर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको मेलम्चीबाट पार्टीको ‘राष्ट्रव्यापी दबाब अभियान’ उद्घाटन गर्दै लामिछानेले जनतालाई दबाएर नभई अगाडि लगाएर राजनीति गर्ने बताए ।

‘जनताबाट शक्ति लिएर जनतालाई दबाउने राजनीति अन्त्य हुनुपर्छ। त्यसको शान्त विरोध रास्वपाले गरेको हो।’ उनले भने, ‘अब जनतालाई दु:ख दिन पुग्यौं। केही गर्नुपर्छ भने नेताले नेतृत्व लिएर अगाडि बढ्नुपर्छ। भनेर होइन गरेर देखाउनुपर्छ।’

उनले देश विकासका लागि क्रान्तिको आवश्यकता भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved