आहारारा गोल्डकपमा आज साविक विजेता संकटा र आर्मी अन्तिम चारका लागि भिड्दै

नेपालभ्युज

आहारारा गोल्डकपमा आज साविक विजेता संकटा र आर्मी अन्तिम चारका लागि भिड्दै

काठमाडौं । आहारारा पोखरा गोल्डकपमा आज साविक विजेता संकटा र नेपाल आर्मी सेमिफाइनल प्रवेशका लागि आमने सामने हुदै छन् । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुनेछ ।

संकटा बाइ पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने विभागीय टोली नेपाल आर्मीले राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम ८ को स्थान बनाएको हो ।

आहारारामा आर्मी र संकटा यसअघिनै २ पटक आमने सामने भइसकेका छन् । संकटाले यसअघि नै दुई पटक उपाधि जितिसकेको छ भने आर्मी क्लबले भने हालसम्म उपाधि जित्न सकेको छैन ।

पटकपटक फाइनल पुगेर पनि आर्मी हार व्यहोदै आएको अभागी टिम बनेको छ ।

आर्मी भरत खवासको कप्तानीमा मैदान उत्रिदै छ । आजको विजेताले माघ १८ गते चर्चब्वाइज र एपीएफमध्ये एक टोलीसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved