कांग्रेस बलियो बनाउन ‘संवाद यात्रा’ : महामन्त्री थापा

नेपालभ्युज

कांग्रेस बलियो बनाउन ‘संवाद यात्रा’ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बलियो बनाउन आफूले संवाद यात्रा सुरु गरेको बताएका छन् । यात्राका क्रममा शनिबार अपराह्न झापाको गौरीगञ्ज  पुगेका महामन्त्री थापाले पार्टीका कार्यकर्ता, जनताका गुनासा र सुझाव लिन देशदौडाहास्वरुप ‘संवाद यात्रा’ सुरु गरिएको बताए । उनले संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा पार्टीमाझ पुर्‍याउने स्पष्ट पारे ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, जिल्ला सभापति देउमान थेवेसहित पुगेका उनले गौरीगञ्जको कुन्जीबारी र खजुरगाछीमा सर्वसाधारणसँग स्थानीय समस्याबारे जानकारी लिनुका साथै पार्टी कार्यकर्तामाझ अन्तरक्रिया गरेका  थिए । महामन्त्री थापाले कांग्रेसलाई जनतामाझ पुर्‍याउन यस यात्राले सघाउ पुर्‍याउने बताए ।

सो अवसरमा कुन्जीबारीमा गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले हुलाकी सडक, कन्काई नदीमा निर्माणाधीन पुललगायतका स्थानीय समस्या राखेका थिए ।

झापाको काँकडभिट्टास्थित मेची भन्सारबाट सुरु गर्नुभएको संवाद यात्रा झापा हुँदै मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुगेर यही माघ २६ गते सकिने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved