आहा रारा गोल्डकप : पारो एफसीलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

नेपालभ्युज

आहा रारा गोल्डकप : पारो एफसीलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

काठमाडौं। थ्री स्टार क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले भुटानको पारो एफसीलाई २–० को गोलअन्तरले पराजित गरेको हो।

निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो। अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने थ्री स्टारले बाजी मार्यो।

थ्री स्टारका लागि आशिष चापागाईंले २ गोल गरे। अतिरित्त समयको दोस्रो हाफमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। उनले खेलको ११४ औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। ११९ औं मिनेटमा थ्री स्टारको लागि आशिषले दोस्रो गोल गरे।

अब माघ १५ गते हुने खेलमा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबको विजेताले थ्री स्टारसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

भुटानको पारो एफसीमा ९ राष्ट्रिय खेलाडी समावेश थिए। थ्री स्टार क्लब आहा रारा गोल्डकपको विगतको ५ संस्करणको विजेता हो।

आईतबार हुने खेलमा त्रिभुवन आर्मी क्लब र शंकटा क्लब आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved