नेपालका स्पिनर सुवास भण्डारी आइसीसीको कारबाहीमा परे

नेपालभ्युज

नेपालका स्पिनर सुवास भण्डारी आइसीसीको कारबाहीमा परे

काठमाडौं । नेपालका स्पिनर सुवास भण्डारीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले कारबाही गरेको छ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् ।

उनलाई आईसीसीले एक डिमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो । त्यसैलाई कारण देखाउदै आईसीसीको आचार संहिता भण्डारी कारबाहीमा परेका हुन् ।

एक डिमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डिमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved