अन्डर-१९ विश्वकप

अफगानिस्तानविरुद्ध देव खनालको अर्धशतक

नेपालभ्युज

अफगानिस्तानविरुद्ध देव खनालको अर्धशतक

काठमाडौं । अन्डर १९ विश्वकप क्रिकेटमा नेपालका कप्तान देव खनालले अर्धशतक प्रहार गरेका छन् ।

अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउँदै खनालले इनिङ्स सम्हालेका छन् । उनले ७५ बलमा ७ चौका मद्दतमा अर्धशतक बनाए ।

नेपालले ६ विकेट गुमाए पनि ११८ रन बनाइसकेको छ । अब नेपाल जित नजिक पुगेको छ ।

सुरुवातमै लगालग तीन विकेट गुमाएर संकटमा परेको नेपाललाई जिताउने जिम्मा अब कप्तान खनालले लिएका छन् ।

आकास त्रिपाठी १६, अर्जुन कुमाल १०, दिपक डुम्रे ५, दिपेश कँडेल ४, विपिन रावल २ र गुल्सन झा १ रनमा आउट भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved