अन्डर-१९ विश्वकप

अफगानिस्तानविरुद्ध नेपालको १०० रन पुरा, जिताउने जिम्मा खनालको काँधमा

नेपालभ्युज

अफगानिस्तानविरुद्ध नेपालको १०० रन पुरा, जिताउने जिम्मा खनालको काँधमा

काठमाडौं । अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले १०० रन पुरा गरेको छ । अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउँदै नेपालले ६ विकेट क्षतिमा १०० रन बनाएको हो । कप्तान देव खनाल अर्धशतक नजिक छन् ।

सुरुवातमै लगालग तीन विकेट गुमाएर संकटमा परेको नेपाली इनिङ्स खनालले सम्हालेका छन् ।

अझै पनि नेपालले लक्ष्य भेट्टाउन निकै संघर्ष गरिरहेको छ । खनालले अर्को छेउबाट साथ पाउन सकेका छैनन् । अब नेपाललाई जिताउने जिम्मा खनालको काँधमा आएको छ ।

आकास त्रिपाठी १६, अर्जुन कुमाल १०, दिपक डुम्रे ५, दिपेश कँडेल ४, विपिन रावल २ र गुल्सन झा १ रनमा आउट भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved