कांग्रेसको धर्म देशको हित गर्नु होः महामन्त्री थापा

नेपालभ्युज

कांग्रेसको धर्म देशको हित गर्नु होः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताएका छन् ।

शुक्रवार ७८ औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रिय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले कांग्रेस पार्टीको धर्म देशको हित गर्नु भएको बताएका हुन् । उनले कांग्रेसको धर्म भुइँमा बसेका जनताहरुलाई माथि उठाउने भएको पनि बताए ।

उनले सो धर्म निर्वाह गर्ने क्रममा आफूहरु सरकार अथवा भुइँमा जहाँ बस्नुपरे पनि तयार रहेको बताए । महामन्त्री थापाले कांग्रेस पार्टी कुनै एउटा निर्वाचनको चिन्ता गर्नका लागि मात्रै स्थापना नभएको बताए । उनले निर्वाचन पार्टी जीवनको लागि सामान्य कुरा मात्रै भएको स्पष्ट पारे

उनले भने,  ‘ कांग्रेस पार्टी कुनै एउटा निर्वाचन लड्न, जित्ने, हार्ने कुरा कांग्रेस पार्टीको जीवनको एउटा सामान्य कुरा हो । एउटा पक्ष मात्रै हो । जसरी पानीको धर्म छ । आगोको धर्म छ । रुखको धर्म छ । सूर्यको धर्म ताप दिनु हो । पानीको धर्म चिसो बनाउनु हो । आँत भिजाउनु हो । कांग्रेसको धर्म यो देशको हित गर्नु हो । यो देशको भुँइमा बसेका जनताहरुलाई माथि उठाउने यसको धर्म हो ।’

महामन्त्री थापाले शनिबारदेखि देशभर समुदायमा काँग्रेस अभियान शुरु हुने जानकारी पनि दिए । उनले माघ १६ सहिद दिवसको अवसरमा पार्टीको ६ हजार ७४३ वटा वडामा कार्यक्रम हुने भन्दै सो कार्यक्रममा सम्बन्धित वडामा क्रियाशिल सदस्यता भएका सबै नेताहरुलाई जान आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved