यू–१९ विश्वकप:

अफगानिस्तानविरुद्ध नेपालको ब्याटिङ संघर्षरत, ५० रन पूरा

नेपालभ्युज

अफगानिस्तानविरुद्ध नेपालको ब्याटिङ संघर्षरत, ५० रन पूरा

काठमाडौं। आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपाली टोलीले ५० रन पूरा गरेको छ।

दक्षिण अफ्रिकास्थित बफलो पार्कमा जारी खेलमा नेपालले १३.१ ओभरमा ३ विकेटको क्षतिमा ५० रनको आँकडा पूरा गरेको हो।

नेपालले पहिलो ८.१ ओभरमा नै ३ विकेट गुमाएको थियो। नेपालका लागि अर्जुन कुमालले १०, गुल्सन झाले २ र विपिन रावलले १ रनमात्र बनाउन सके । अहिले नेपालका देव खनाल र आकाश त्रिपाठीले ब्याटिङ सम्हाली रहेका छन्।

अफगानिस्तानका लागि खलिल अहमदले २ र फरिदून डावूडजाईले १ विकेट लिए। १४६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले १७ ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ५६ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved