अफगानिस्तानले दियो नेपाललाई १४६ रनको लक्ष्य, आकाशको फाइफर

नेपालभ्युज

अफगानिस्तानले दियो नेपाललाई १४६ रनको लक्ष्य, आकाशको फाइफर

काठमाडौं। आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपालसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दक्षिण अफ्रिकास्थित बफलो पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान नेपालको घातक बलिङसामु ४०.१ ओभरमा १४५ रनमा अलआउट भएको हो।

२० ओभर ३ बलमा नै ८ विकेट लिन सफल भएको नेपाली टोलीको बलिङ केहि खुकुलो बन्दै जाँदा अफगानिस्तानी ब्याट्सम्यानले खेल ४१‍औं ओभरसम्म पुर्‍याएका थिए ।

अफगानिस्तानका लागि नसिर खान मारुफखिल र फरिदून डावूडजाईको ५० रनको साझेदारी नेपाललाई महंगो सावित भयो। दिपेश कंडेलले नसिर खानलाई आफ्नै बलमा आफै क्याच आउट गर्दै साझेदारी तोडे।

अल्लाह मोहम्मद गजानफरले ३७ र कप्तान नसिर खान मारुफखिलले ३१ रनको योगदान गरे। डावूडजाईले २९ र हसन आइसखिलले २० रन जोडे।

अफगानिस्तानलाई सस्तैमा समेट्न नेपालका आकाश चन्दले ५ विकेट लिए। उनले ६ ओभरमा १३ रन खर्चेर ५ विकेट पूरा गरे। दिपेश कंडेलले २ तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारी १–१ विकेट लिए।

पछिल्लो ३ खेलमा प्रभावकारी बलिङमा चुकिरहेको नेपालले अफगानिस्तानविरुद्ध भने घातक बलिङ प्रदर्शन गर्न सफल भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved