यू–१९ विश्वकप:

अफगानिस्तानविरुद्ध नेपालको घातक बलिङ, आकाश चन्दले लिए ४ विकेट

नेपालभ्युज

अफगानिस्तानविरुद्ध नेपालको घातक बलिङ, आकाश चन्दले लिए ४ विकेट

काठमाडौं। आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले पाँचौ विकेट लिएको छ।

नेपालका लागि आकाश चन्दले चौथो विकेट लिएका छन्। उनले ९.१ ओभरमा अलि अहमदलाई गोल्डेन डक आउट गराए। यसअघि ७औं ओभरको अन्तिम बलमा सोहेल खान जुर्मातिलाई ४ रनमा आउट गरेका थिए।

उनले ५.५ ओभरमा जमशिद जाद्रानलाई ३ रनमा पभिलियन फर्काए। १.३ ओभरमा खालिद तनिवाललाई १ रनमा आउट गरे।

गुल्सन झाले भने नेपालको लागि पहिलो विकेट लिए। उनले नुमन शाहलाई डगआउट गरेका थिए। दक्षिण अफ्रिकाको बफलो पार्कमा जारी खेलमा नेपालले १० ओभरको समाप्तीमा ३५ रन खर्चेर ५ विकेट लिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved