यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

नेपालभ्युज

यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
फाइल फोटो

काठमाडौं। आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले गतिलो बलिङ गरेको छ।

नेपालले सुरुवातमै अफगानिस्तानका तीन विकेट झारेको छ । दक्षिण अफ्रिकाको बफलो पार्कमा जारी खेलमा नेपालले दुई ओभरभित्रै २ विकेट लिएको थियो । छैठौं ओभरमा अर्को विकेट लिएको छ ।

आकास चन्दले २ र गुलसन झाले १ विकेट लिएका छन् । गुल्सनले पहिलो ओभरको चौथो बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले नुमन शाहलाई डगआउट गरे।

दोस्रो ओभरको तेस्रो बलमा खालिद तनिवाललाई डगआउट गरेका आकास चन्दले छैठौ ओभरमा ओपनर जम्सिद जादरानलाई पनि ३ रनको स्कोरमा पेभेलियन फर्काएका छन् ।

टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेसँगै नेपाल बलिङमा उत्रिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved