अस्ट्रेलियन ओपनबाट बाहिरिए जोकोभिच, सिनर पहिलो पटक फाइनलमा

नेपालभ्युज

अस्ट्रेलियन ओपनबाट बाहिरिए जोकोभिच, सिनर पहिलो पटक फाइनलमा

शीर्ष वरीयाताका नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलबाटै बाहिरिएका छन् ।

शुक्रबार भएको खेलमा चौथो वरीयाताका जानिक सिनरसँग ३-१ को सेटमा पराजित भएसँगै डिफेन्डिङ च्याम्पियन जोकोभिच सेमिफाइलनमै रोकिएका हुन् । योसँगै ३६ वर्षे जोकोभिच २५औं ग्रान्डस्लाम टेनिसको उपाधि उचाल्नबाट बन्चित भएका छन् ।

पहिलो र दोस्रो सेट क्रमशः १-६ र २-६ ले हारेका जोकोभिचले तेस्रो सेट भने ७-६ ले आफ्नो पक्षमा पारेका थिए । तर चौथो सेटमा जोकोभिचलाई ६-३ ले हराउँदै २२ वर्षे सिनरले फाइनल यात्रा तय गरे । यो उनको ग्रान्डस्लाम टेनिसमा पहिलो फाइनल यात्रा हो ।

इटलीका सिनरले अब फाइलनमा तेस्रो वरीयाताका ड्यानिएल मेद्भेदेभ र छैठौं वरीयाताका अलेक्जेन्डर भेरेभबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved