सन्तोषीलाई बंगबन्धु म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

नेपालभ्युज

सन्तोषीलाई बंगबन्धु म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
फाइल फोटो

काठमाडौं। नेपाली धाविका सन्तोषी श्रेष्ठले बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा स्वर्ण पदक जितेकी छिन्।

शुक्रबार बंगलादेशको ढाकामा भएको स्पर्धामा सन्तोषीले आफ्नो डेब्यू म्याराथन २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्। यससँगै सन्तोषीले नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाएकी छिन्।

यसअघि पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेट २ सेकेन्डको कीर्तिमान सन्तोषीले तोडेकी हुन्। ढाकामा भएको सोही स्पर्धामा पुष्षाले भने रजत पदक जितिन्। उनले २ घण्टा ४९ मिनेट ३३ सेकेन्डमा दुरी पूरा गरिन्।

१३औं दक्षिण एसियाली खेलकुद सागमा सन्तोषीले स्वर्ण र पुष्पाले रजत जितेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved