अण्डर १९ विश्वकपमा नेपाल अफगानिस्तानसँग खेल्दै, सुपर सिक्स पुग्न जित्नै पर्ने दबाब

नेपालभ्युज

अण्डर १९ विश्वकपमा नेपाल अफगानिस्तानसँग खेल्दै, सुपर सिक्स पुग्न जित्नै पर्ने दबाब

काठमाडौं । आईसीसी अण्डर १९ विश्व कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज अफगानिस्तानविरुद्ध खेल्दै छ ।

सुपर सिक्समा पुग्न दुवै टिमलाई जित्नैपर्ने दबाब छ । मौसमका कारण खेल रोकिएमा भने नेट रनरेटका आधारमा नेपाल सुपर सिक्समा पुग्नेछ ।

दक्षिण अफ्रिकामा खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने छ ।

दुवै टिम यसअघिका दुवै खेलमा पराजित भएका थिए । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले हारेको थियो ।

आज अफगानिस्तानलाई हराउन सके नेपालले सुपर सिक्समा भारत प्रतिद्धन्दी पाउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved