अन्डर १९ विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

समूह डी बाट न्युजिल्याण्ड र पाकिस्तान सुपर सिक्समा पुगेका छन् । नेपाल र अफगानिस्तानबीच हुने खेलको विजेता पनि सुपर सिक्समा पुग्नेछ ।

नेपालभ्युज

अन्डर १९ विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

काठमाडौं । अन्डर १९ विश्वकप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । नेपाल आज पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।

समूह डी बाट न्युजिल्याण्ड र पाकिस्तान सुपर सिक्समा पुगेका छन् । नेपाल र अफगानिस्तानबीच हुने खेलको विजेता पनि सुपर सिक्समा पुग्नेछ ।

१९८ रनको लक्ष्य पाकिस्तानले आज १४ बल बाँकी छँदै ५ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि आजन आविसले अविजित ६३ रन बनाए ।

नेपालका लागि आकास चन्दले ३ तथा दिपेश कँडेल र आकास त्रिपाठीले १-१ विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सबै ओभर खेलेर सबै विकेट गुमाउँदै १९७ रन बनाएको थियो ।

नेपालका लागि विपिन रावतले सर्वाधिक ३९ रन बनाए । नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

(यसअघि यो समाचारमा नेपाल समूह चरणबाटै बाहिरिएको उल्लेख भएकोमा माफी माग्दै सच्चाएका छौं)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved