अन्डर १९ विश्वकपमा नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

सुरुवात राम्रै भए पनि बीचमा नेपाली इनिङ्स धर्मराएको थियो । अन्तिम क्रमका सुवास र आकासले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए । आज पराजित भएमा नेपाल विश्वकपको समुह चरणबाटै बाहिरिने छ ।

नेपालभ्युज

अन्डर १९ विश्वकपमा नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

काठमाडौं। अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकास्थित बफेलो पार्कमा जारी खेलमा नेपालले पूरै ओभर खेलेर सबै विकेट गुमाउँदै १९७ रन बनाएको हो।

नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए ।  दिपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २० तथा गुल्सन झाले १८ रनको योगदान गरे ।

दिपेश कँडेल, अर्जुन कुमाल र आकाश त्रिपाठी ६–६ तथा उत्तम मगर ४ रनमा आउट भए । आकाश चन्द १६ रनमा अविजित रहे ।

पाकिस्तानका लागि अराफत मिन्हासले ३ र अहमद हुसेनले २ विकेट लिए।

सुरुवात राम्रै भए पनि बीचमा नेपाली इनिङ्स धर्मराएको थियो । अन्तिम क्रमका सुवास र आकासले नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved