अन्डर–१९ विश्वकप

पाकिस्तानविरुद्ध नेपालको ब्याटिङ धरासायी, ३० ओभरमा बल्ल १०० रन

नेपालभ्युज

पाकिस्तानविरुद्ध नेपालको ब्याटिङ धरासायी, ३० ओभरमा बल्ल १०० रन

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले १०० रन पुरा गरेको छ । तर, नेपाली ब्याटिङ लगभग धरासायी भएको छ ।

दक्षिण अफ्रिकास्थित बफेलो पार्कमा जारी खेलमा नेपालले ३०.१ ओभरमा ५ विकेट गुमाउँदै १०० रन बनाएको हो ।

५० रनभित्र २ विकेट गुमाएको नेपालले अर्को ५० रनमा थप ३ विकेट गुमाइसकेको छ । नेट रनरेट पनि अहिले ३ को नजिक झरेको छ ।

ओपनर विपिन रावल ३९ र कप्तान देव खनाल २३ रन बनाएर आउट भएका छन् । त्यसअघि अर्जुन कुमाल र आकाश त्रिपाठी ६–६ रनमा आउट भएका थिए ।

न्यूजिल्यान्डविरुद्ध ९० रन प्रहार गरेका अर्जुनको ब्याट आज चल्न सकेन । उत्तम मगर पनि ४ रनमा बाहिरिएका छन् । अहिले गुल्सन झा र दिपक डुम्रेले ब्याटिङ गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved