चेल्सी एफए कपको फाइनलमा

नेपालभ्युज

चेल्सी एफए कपको फाइनलमा

काठमाडौं । चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा मिडिल्सब्रोलाई ६–१ ले हराउदै फाइनल पुगेको हो ।

फेब्रुअरी २२ तारिखमा वेम्बले रंगशालामा हुने फाइनलमा चेल्सीले लिभरपुल वा फुल्हममध्ये एक टोलीसँग खेल्नेछ ।

लिभरपुल र फुल्हमको सेमिफाइनल दोस्रो लेगको खेल आज राती हुनेछ । पहिलो लेगमा लिभरपुल २–१ ले अगाडि छ । गएराति भएको खेलमा चेल्सीका लागि कोल पाल्मरले दुई गोल गर्दा एन्जो फर्नान्डेज, अक्सेल डिसासी र नोनी माडुकेले एक एक गोल गरेका थिए ।

मिडिल्सब्रोेका मोर्गान रोजर्सले टोलीका लागि एक गोल गर्दा जोनी हाउसनले भने चेल्सीलाई एउटा आत्माघाती गोल उपहार दिएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved