आहा रारा गोल्डकपमा आज त्रिभुवन आर्मी र राइजिङ स्टार भिड्दै

नेपालभ्युज

आहा रारा गोल्डकपमा आज त्रिभुवन आर्मी र राइजिङ स्टार भिड्दै

काठमाडौं । आहा रारा पोखरा गोल्डकपको दोस्रो दिन आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दै छन् । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुने छ ।

राइजिङ स्टार पहिलो पटक आहा रारा गोल्डकपमा सहभागी हुन लागेको हो । आर्मीको भने १५ औं सहभागिता हो । आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । आजको विजेताले माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ ।

आर्मी चार पटक फाइनल पुगिसके पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

२३ औं आहा राराको पहिलो खेल हिजो आयोजक सहारा र थ्रीस्टार क्लबबीच भएको थियो । हिजोको खेलमा आयोजक सहारालाई २–१ ले हराउँदै थ्रीस्टार क्वार्टरफाइनल पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved