एसियन कप फुटबलमा भारत बाहिरियो

नेपालभ्युज

एसियन कप फुटबलमा भारत बाहिरियो

काठमाडौं । एसियन कप फुटबलमा भारत प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणका सबै खेल हारेर भारत प्रतियोगिताबाटै बाहिरिएको हो । हिजो भएको समूह चरणको अन्तिम खेलमा सिरियासँग १–० ले हारेपछि भारत घर फकिएको हो ।

हिजै भएको समूह बी को अर्को खेलमा अष्ट्रेलिया र उज्बेकिस्तान १–१ को बराबरी खेल्दै नकआउटमा पुगेका छन् । अष्ट्रेलियाको ३ खेलबाट ७ अंक भएको छ भने उज्वेकिस्तानको ५ अंक भएको छ ।

यसैबीच, गएराति भएको समूह सी को खेलमा प्यालेस्टाइनले हङकङलाई ३–० गोलले पराजित गरेको छ । अर्को खेलमा इरानले युनाइटेड अरब इमिरेट्स यूएईलाई २–१ गोलले हराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved