आहारारा गोल्ड कप : थ्री स्टार क्वाटरफाइनलमा, आयोजक पराजित

नेपालभ्युज

आहारारा गोल्ड कप : थ्री स्टार क्वाटरफाइनलमा, आयोजक पराजित

काठमाडौं। आहारारा गोल्डकप फुटबल प्रतियोगितामा थ्री स्टार क्लब क्वाटरफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

थ्री स्टारका लागि योगेश गुरुङ र अन्जल महर्जनले गोल गरे। सहाराको लागि भने आशिष गुरुङले एक गोल फर्काए।

पाँचौँ मिनेटमा योगेशले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। २३ औँ मिनेटमा आशिषले सहारा क्लबको लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। तर, ५९ औँ मिनेटमा अन्जलले थ्री स्टारको लागि दोस्रो गोल गरेर जित दिलाए ।

थ्रीस्टारले क्वाटरफाइनलमा भूटानी क्लब पारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ । माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिम सहभागी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved